काठमान्डौं-
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सक्रिय राजतन्त्रसँग आफूहरु सहमत नरहेको बताउँदै नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताउनु भयो । उहाँले यसबारे आफूहरुले राजासँग कुराकानी गरेर स्पष्ट पारेको पनि बताउनु भयो ।
नेपालीका छोराछोरीले देश चलाउने र अभिभावकको भुमिकामा राजसंस्था रहने बताउनु भयो ।उहाँले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्ने बताउनु भयो ।
Post Views: 47















