२०८२ मंसिर २३ गते, मंगलवार १८:०१

पर्यावरण संरक्षणको लागि: पर्सामा नेपाल रेडियोलोजिस्ट एसोसिएसनद्वारा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

पर्सा-

नेपाल रेडियोलोजिस्ट एसोसिएसन (NRA) ले पर्सा जिल्लामा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय समुदायलाई हरियालीयुक्त, स्वच्छ र स्वास्थ्यमैत्री वातावरण प्रदान गर्ने उद्देश्यका साथ पर्सा जिल्लामा कार्यरत सबै रेडियोलोजिस्ट चिकित्सकहरूको सक्रिय सहभागितामा आदर्श नगर क्षेत्रमा सयौँ बिरुवा रोपिएको हो।

पर्यावरण संरक्षण, प्रदूषण न्यूनीकरण र हरियाली विस्तारलाई प्राथमिकता दिँदै आयोजना गरिएको यो अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकहरूले जानकारी दिएका छन्।

वृक्षारोपण अभियानमा सहभागी चिकित्सकहरूले वातावरण संरक्षण गर्नु सबै नागरिकको दायित्व भएकोमा जोड दिएका छन्। साथै, उनीहरूले आगामी वर्षहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

NRA पर्साका प्रतिनिधिहरूका अनुसार, यस कार्यक्रममा रोपिएका बिरुवाहरूको संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय तहसँग आवश्यक समन्वय गरी निगरानी र हेरचाह कार्यलाई निरन्तरता दिइनेछ।

एमालेका महाधिवेशन प्रतिनिधि भन्छन्–‘पार्टी नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्छ’

काठमान्डौं- नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुले पार्टीको

एमालेका महाधिवेशन प्रतिनिधि भन्छन्–‘पार्टी नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्छ’

काठमान्डौं- नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुले पार्टीको

पोडकास्ट सुन्नुहोस