२०८२ मंसिर २३ गते, मंगलवार १८:०१

यातायात क्षेत्रसम्बन्धी सर्वोच्चका आदेशहरू कार्यान्वयन सम्बन्धमा जाँचबुझ आयोग गठन

काठमान्डौं-

सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको छ ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो । उहाँकाअनुसार सरकारले नेपाल र मौरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल न्याय सेवा, न्याय समूहका चारजना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने र उखु कृषकलाई अनुदान रकम प्रति क्वीन्टल ७०/– कायम गर्ने निर्णय गरेको छ ।

एमालेका महाधिवेशन प्रतिनिधि भन्छन्–‘पार्टी नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्छ’

काठमान्डौं- नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुले पार्टीको

एमालेका महाधिवेशन प्रतिनिधि भन्छन्–‘पार्टी नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्छ’

काठमान्डौं- नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुले पार्टीको

पोडकास्ट सुन्नुहोस