काठमान्डौं-
मंगलवार मध्य जकार्तास्थित टेरा ड्रोन कार्यालय भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको पुष्टि भएको छ । सेन्ट्रल जकार्ता अग्नि नियन्त्रण विभाग कार्यालयको सूचना विभागका वरिष्ठ अधिकारी द्वी सेप्टियान्टोले बताएअनुसार आगो निभाउन २९ दमकल ट्रक र १०१ दमकलकर्मी खटाइएको थियो ।
त्यो भवनमा ड्रोनका लागि लिथियम ब्याट्रीहरू उत्पादन गरिन्थ्यो । जकार्ता विपद् व्यवस्थापन तथा न्युनिकरण एजेन्सीका प्रमुख इसानावा अड्जीले मृतकहरूमा सात पुरुष र १५ महिलाहरू रहेको बताउनु भयो । सबै पीडितहरूलाई पूर्वी जकार्ताको क्रामत जातिको प्रहरी अस्पतालमा लगिएको छ ।
Post Views: 17















