२०८२ मंसिर २४ गते, बुधबार १३:५६

वीरगन्ज भन्सारले गुमायो एक दिनमै ५४ करोडभन्दा बढी राजश्व

वीरगन्ज-

वीरगन्ज भन्सार कार्यालयले पछिलो २४ घण्टामा ५४ करोड भन्दा बढी राजश्ज गुमाएको छ ।

भन्सार एजेन्ट महासंघको आह्वानमा वीरगन्ज भन्सारमा कार्यरत रहेका एजेन्टहरुले कामकाज नै ठप्पपाएरेपछि मंगलबारको राजश्व संकलन प्रभावित भएको हो ।

वीरगन्ज भन्सार कार्यालयले प्रति दिन औसतमा ५७ करोड रुपैया भन्दा बढी राजश्व गर्ने गर्दछ तर भन्सार एजेन्टहरुको आन्दोलनका कारण मंगलबार ३ करोड रुपैया मात्र राजश्व संकलन भएको सुचना अधिकारी उदयसिंह विस्टले जानकारी दिनुभयो। उहाँँले हिजो सांझ नेपाल आयल निगमले इन्धन आयात गरे बाप्त ३ करोड रुपैया राजश्व दाखिला गरेको बताउनुभयो ।

भारत तथा तेस्रो मुलुकबाट आयात भएको माल बस्तु छुटाउन दिनभरी भिडभाड हुने भन्सार कार्यालय अहिले एजेन्टहरुको आन्दोलनका कारण सुनसान बनेको सुचना अधिकारी विस्टले जानकारी दिनुभयो । भन्सार एजेन्टहरुको आन्दोलन बुधबारपनि जारी रहेकाले आजको पनि राजश्व संकलन प्रभावित हुने विश्चित प्राय देखिएको उहाँले बताउनुभयो ।

भारत तथा तेस्रो मुलुकबाट वीरगन्ज नाका हुदै नेपाल भित्रीने मालबस्तुको आयात सहज भएपनि जाँचपाश प्रकृया एजेन्टहरुको आन्दोलनका कारण अवरुद्ध भएको सुचना अधिकारी विस्टको भनाइ रहेको छ । भन्सार एजेन्ट महासंघका प्रतिनिधी र नेपाल सरकार बीच अहिले काठमाण्डौमा वर्ता चलिरहेकाले समस्या समाधान हुने विश्वस उहाँले व्यक्त गर्नुभयो।

भन्सार ऐन २०८२को उप दफा ७१ (झ)मा गरिएको व्यवस्थाले भन्सार ऐन्टहरलाई धरै मार पर्ने भएकाले उक्त व्यवस्थालाई हटाउनु पर्ने लगायतका माग सहित आन्दोलनमा उत्रिएको वीरगन्ज भन्सार एजेन्ट संघ अध्यक्ष राजमान तामाङले जानकारी दिनुभयो।

उहाँले ऐनको ७१ (झ)मा स–साना मानविय तृटीका कारण घोषणा रकमको १० प्रतिशत जरिवान भन्सार एजेन्टले तिनुपर्ने अब्यवहारि प्रवधानलाई हटाउनु पर्छ अनिमात्र एजेन्टहरु काममा फर्किने उहाँको भनाइ रहेको छ ।

महासंघका केन्द्रका प्रतिनिधी र नेपाल सरकार बीच अहिले वार्ता जारी रहेको जानकारी दिदै अध्यक्ष तामाङले आशाछ आजको वार्ताले ठोस निष्र्कष निकालने विश्वस व्यक्त गर्नुभयो।

नेपालका लागि वीरगन्ज नाकाबाट ७५ प्रतिशत भन्दाबढी .खाद्यय पदर्था, ७० प्रतिशत भन्दा बढी  औद्योगिक कच्चा पदार्थ तथा पेट्रमेलियम पदार्थ आयात हुने गरेको छ ।

पोडकास्ट सुन्नुहोस