वीरगन्ज-
प्रतिबन्धित लागुऔषध खैरो हिरोइन मुद्दामा सम्लगन रहेको अभियोगमा प्रहरीले बुधबार (आज) पर्साको पटेर्वा सुगौली गाँउपालिकाबाट एक जना ५२ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध कारोवारमा सम्लगन रहेको अभियोगमा प्रहरीले गाँउपालिकाको वडा नं. ५ निचुटा निवासी भिखम मुखियालाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय पटर्वा सुगौलीको टोलीले बुधबार मुखियालाई निजको निवासबाट पक्राउ गरेको हो ।
नेपाल सरकार वादी र धिरज मालि प्रतिवादी मुद्दामा प्रतिवादीले गरेको पालुवा ब्यानका आधारमा मुखियालाई पक्राउ गरिएको इ.प्र.का पटर्वा सुगौलीले जनाएको छ ।
पक्राउ परेका मुखियालाई आवस्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा गठाइएको प्रहरीले जनाएको छ ।
Post Views: 21














