काठमान्डौं-
नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाउनुभएको छ ।एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आफूहरुले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको बताउनु भयो । तर पार्टीभित्र प्रतिष्पर्धा गर्दा ‘संकटमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरु पार्टीको हित नचाहने’ भन्ने प्रकारको भाष्य खडा गर्न खोजिएको उहाँको भनाई छ ।
उहाँले संकटले परिवर्तन ल्याउने र नयाँ नेतृत्व निर्माण गर्ने बताउनु भयो । संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने उहाँको भनाई छ । देशमा संकट छ भने यो संकटको पछाडीको कारण के हो ? यसको पछाडीको मुख्य जिम्मेवारी कसको छ ? भन्ने समिक्षा गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
उहाँले वर्तमान संकटको सामना गर्नको लागि नेतृत्व रुपान्तरण आवश्यक रहेको बताउनु भयो । जनता र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको उहाँको भनाई छ । कुनै अमुक व्यक्ति शक्तिशाली नभएर सामुहिक नेतृत्व आजको समयको माग रहेको उहाँले बताउनु भयो । उ
हाँले देशभरबाट आएका प्रतिनिधिले पार्टीभित्रको परिस्थितिलाई बुझेको र यथास्थितिमा कायम नराख्ने पनि दाबी गर्नुभयो । देशका चुनौतीहरुलाई सम्बोधन गर्ने, जनताको अपेक्षा पूरा गर्ने र निर्वाचनमार्फत संविधान देखिएको संवैधानिक संकटलाई समाधान गर्नेतिर एमाले लाग्ने उहाँको भनाई छ ।उहाँले एमालेका युवा पुस्ताहरुलाई नेतृत्व लिनको लागि तयार रहन पनि आग्रह गर्नुभयो ।
४० वर्ष मुनीका युवाहरुलाई पार्टीको केन्द्रिय समितिमा ल्याउनको लागी आफूहरुले पहल गर्ने उहाँको भनाई छ । उहाँले नेतृत्वमा भएको जामले पार्टीभित्र युवाहरुको आकर्षण घट्दै गएको पनि बताउनु भयो । ११ औँ महाधिवेशनले युवाहरुलाई पार्टीमा आकर्षण बढाउने नीति तय गर्नेपनि उहाँको भनाई छ ।














