२०८२ मंसिर २४ गते, बुधबार १७:४०

भन्सार एजेन्ट महासंघको अन्दोलन स्थगित,देशभरिको भन्सारमा कामकाजसुरु

काठमाडौं –

देशभरका भन्सार कार्यालयमा भन्सार एजेन्टहरूले गरेको आन्दोलन फिर्ता भएको छ । भन्सार एजेन्ट महासंघका अनुसार २३ मंसिरबाट सुरु गरिएको आन्दोलन भन्सार विभाग र महासंघबीचको सहमतिसँगै फिर्ता भएको हो ।
विभागका अनुसार महासंघले भन्सार विभागमा पेश गरेका मागहरू व्यवस्थापन सुधार र विभाग तथा कार्यालयाबाट सम्बोधन हुने प्रकृतिका माग क्रमशः कार्यान्वयन गर्ने सहमति भएको छ ।
नियमावलीमा सम्बोधन गर्नुपर्ने मागका विषयमा अर्थ मन्त्रालयमा अवगत गराउने निर्णय भएको समेत विभागले जनाएको छ । भन्सार ऐन २०८२ मा समावेश कतिपय प्रावधानले एजेन्टको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा असर पर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए ।

पोडकास्ट सुन्नुहोस