काठमाडौँ-
वैदेशिक रोजगार विभाग ताहाचलबाट बिचौलियाको काम गर्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारको सिलसिलामा ठगिएका पीडितहरू न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा बिचौलियाले घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गरेको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
श्रम स्वीकृतिका लागि विभागमा जाने सेवाग्राहीहरूलाई दुःख हैरानी दिई बिचौलिया प्रयोग गर्न बाध्य बनाउने गरेको प्रहरीले बताएको छ ।
Post Views: 16














