२०८२ चैत्र २० गते, शुक्रबार २१:२३

जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको छन् : प्रकाण्ड

काठमाडौं –

नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित वैचारिक राजनीति प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरुले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाका साथ राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरिरहेको बताएका हुन् ।

त्यस्तै उनले आन्दोलन जेनजीले गरेकोभएतापनि शासन अमेरिकी साम्राज्यवादका तत्वहरुले गरिरहेको आरोप लगाए ।

उनले भने,‘जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरुले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाकासाथ राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरिरहेको छन् । र खतरापनि भइरहेको छ । आन्दोलन जेनजीले गरे, शासन अमेरिकी साम्राज्यवादका तत्वहरुले गरिरहेको छन् ।’

त्यस्तै उनले वर्तमान सरकारलाई कठपुतली सरकारको संज्ञा दिए । जनताको अगाडिका समस्याको समाधान गम्भीरताकासाथ सोच्नको सट्टा मालिकको आदेशमा काम गर्ने उदण्ड भइरहेको उनको भनाई छ । जेनजी आन्दोलापछि देश झन संकटग्रस्त र अन्योलग्रस्त अवस्तामा रहेको बताउँदै उनले यस्तो अवस्थामा झन विदेशीहरुको ठूलो षड्यन्त्र चलिरहेकोमा चिन्ता व्यक्त गरे ।

‘नेपाली जनताको अधिकारका दृष्टिले हेर्ने हो भने अहिले कठपुतली सरकार छ । जनताको अगाडिका समस्याको समाधान गम्भीरताकासाथ सोच्नु छैन् । मालिकको आदेशमा काम गर्ने उदण्ड भइरहेको छ । जेनजी आन्दोलापछि देश झन संकटग्रस्त र अन्योलग्रस्त छ । यो अवस्थामा विदेशीहरुको ठूलो षड्यन्त्र चलिरहेको छ ।’उनले भने

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस