२०८२ मंसिर २६ गते, शुक्रबार १८:३७

वीरगन्जमा संगीतमय श्रीमद्भागवत कथा भक्तिमय वातावरणमा सम्पन्न

वीरगन्ज-

वीरगन्जको आदर्शनगरस्थित श्री राणी सती अतिथि सदनको परिसरमा आयोजित पाँचदिने संगीतमय श्रीमद्भागवत कथा कार्यक्रम भक्तिमय वातावरणमा शुक्रबार साँझ विधिवत् रूपमा सम्पन्न भएको छ।

पुणित भावनासहित आयोजना गरिएको यस धार्मिक कार्यक्रम मङ्सिर २६ गते साँझ ७ बजे कथा विश्रामसँगै महाप्रसाद वितरण गरी समापन गरिएको आयोजक समितिले जानकारी दिएको छ।

कार्यक्रमअन्तर्गत नित्य वेदी पूजन बिहान ८ बजेबाट सुरु हुने र कथा वाचन तथा भजन–कीर्तन साँझ ४ बजेबाट प्रारम्भ हुने व्यवस्था मिलाइएको थियो।

प्रसिद्ध वाचक र सान्निध्य

यस कार्यक्रममा भारतका प्रसिद्ध कथा वाचक श्री मधुकर जी द्वारा श्रीमद्भागवत कथा वाचन तथा भक्तिभावपूर्ण भजन–कीर्तन प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्वामी राजीव रंजनको पावन सान्निध्य र विशेष उपस्थितिले कार्यक्रमलाई अझ अध्यात्मिक र ऊर्जाशील बनाएको सहभागीहरूले बताएका छन्।

पाँच दिनसम्म निरन्तर सञ्चालन भएको उक्त कथामा वीरगञ्जका सर्वसाधारण, श्रद्धालु भक्तजन तथा विभिन्न सामाजिक–धार्मिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ। आयोजक श्रीमद्भागवत आयोजक मूल समितिले यस कार्यक्रम भक्तिभाव, संस्कृति र आध्यात्मिक चेतनाको समन्वयका रूपमा सफलरूपमा सम्पन्न भएको जानकारी गराएको छ।

पोडकास्ट सुन्नुहोस