२०८२ मंसिर २७ गते, शनिबार १६:२९

एसएसबीको ६२औँ स्थापना दिवसको उपलक्ष्यमा रक्सौलमा ‘सीमा एकता दौड’ सम्पन्न

रक्सौल-

सशस्त्र सीमा बल (एसएसबी) को ४७औँ वाहिनी, रक्सौलले आफ्नो आगामी ६२औँ स्थापना दिवसको उपलक्ष्यमा राष्ट्रिय एकता, अखण्डता, सामूहिक शक्ति र सामाजिक सद्भावलाई बढावा दिन “बॉर्डर यूनिटी रन” नामक दौड कार्यक्रमको आयोजना गरेको छ।

केन्द्रीय मन्त्रीद्वारा उद्घाटन

आज शनिवारआयोजित ५ किलोमिटर लामो यस दौडको शुभारम्भ (फ्ल्याग अफ) कार्यक्रमका मुख्य अतिथि भारत सरकारका गृह राज्यमन्त्री नित्यानन्द रायले गर्नुभयो।

कार्यक्रममा पश्चिम चम्पारणका सांसद  सञ्जय जायसवाल तथा एसएसबी पटना सीमान्त मुख्यालयका महानिरीक्षक  निशित कुमार उज्जवल (भा०पु०से०) विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

व्यापक जनसहभागिता

दौडमा वाहिनीको कार्यक्षेत्रभित्र रहेका महाविद्यालय तथा विद्यालयका छात्रछात्रा, स्थानीय गाउँका नागरिक (पुरुष र महिला), स्थानीय गैरसरकारी संस्था (NGO) का सदस्य, सीमा जागरण मञ्चका सदस्य, बैंककर्मी, बिहार पुलिसका प्रशिक्षु, सरकारी अस्पतालका कर्मचारीहरू तथा स्थानीय प्रिन्ट र इलेक्ट्रोनिक मिडियाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

दौडका क्रममा वन्दे मातरम् गीत गायन, सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो भने मुख्य अतिथि तथा विशिष्ट अतिथिहरूले वृक्षारोपण (पौधारोपण) समेत गर्नुभएको थियो। दौडमा प्रथम हुने विजेताहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

पदाधिकारीहरूको उपस्थिति र पत्रकार सम्मेलन

कार्यक्रममा रक्सौल विधायक  प्रमोद कुमार सिन्हा, सिकटा विधायक  समृद्ध वर्मा, नरकटिया विधायक  विशाल कुमार, सुगौली विधायक  राजेश कुमार, एसएसबी बेतियाका उप महानिरीक्षक एस. सुब्रमण्यम, ४७औँ वाहिनीका कमाण्डिन्ट सञ्जय पाण्डेय, ४४औँ वाहिनीका कमाण्डिन्ट  बलवन्त सिंह नेगी, रक्सौलका एस.डी.एम.  मनीष कुमार, एस.डी.पी.ओ.  मनीष आनन्द लगायत स्थानीय प्रशासनका पदाधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रमको अन्तमा मुख्य अतिथि, विशिष्ट अतिथि र महानिरीक्षकज्यूहरूद्वारा संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी उपस्थित सञ्चारकर्मीहरूका जिज्ञासाहरूको समाधान गरिएको थियो।

पोडकास्ट सुन्नुहोस