वीरगन्ज-
राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको प्रथम वीरगन्ज महानगर भेलाले महमद महमुद्दिन आलमको सभापतित्वमा २५ सदस्यिय महानगर समिति सर्वसम्मत रुपमा चुनेको छ ।
समितिको उपसभापतिमा परितोष द्विवेदी ,सचिवमा गौतम श्रेष्ठ उप सचिवमा मुन्ना साह र सदस्यहरुमा कमल भुजेल ,देबकी गुरुङ , रत्ना मानन्धर ,पूर्णिमा शर्मा ,सञ्जु शर्मा , कन्हैया प्रसाद ,सन्दिप कुशवाह ,आस महम्मद मन्सुरी , आजम मिया अन्सारी ,विपिन शाह ,लक्ष्मी नारायण साह ,नगेन्द्र राउत थारु ,प्रमोद कुमार पटेल ,मुकेश कुमार कुर्मी ,उमेश कुमार साह ,प्रकाश कुमार कलवार ,सदरे आलम ,राज कुमार चौरसिया र राजकुमार उपाध्याय चुनिएका हुन ।
महानगर भेलाको उद्धघाटन गर्न आउनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापती डी पी अर्यालले अब देशले रास्वपाको नेतृत्व खोजेको र अबको चुनावले त्यसलाई स्थापित गर्ने बताए ।
उनले आफ्ना सभापति माथि राजनीतिक प्रतिशोध साधिएको र अबको सरकारले त्यसलाई कसरी लिन्छ त्यो संपूर्ण नेपाली जनताले नजिक बाट नियाली रहेको बताए ।
भेलाको सभापतित्व गरेका पर्सा जिल्लाका सभापति हरी पन्तले पर्सा जिल्लामा राजनीति भ्रष्टाचारी र अपराधीहरूले जस्ता गलत व्यक्तिहरूले मात्र गर्ने हो भनेर एउटा गलत भाश्य निर्माण भएकोले अब पर्सेली जनताले त्यस्ता गलत नजिर तोड्ने बताए । उनले अब पर्सेली जनता परिवर्तनको पक्षमा उभिने बताए ।
कृष्णा पासवानले सहजी करण गरेको उक्त भेलामा केन्द्रिय सदस्य डा नन्दन यादब ,संगठन विभाग प्रमुख शंकर श्रेष्ठ ,नेताहरु जीतेन्द्र मिश्र ,मनोज कुर्मी , फैयाज मिया ,पुरुषोत्तम उपाध्यक्ष ,सब्बु कँडेल ,दिलीप कुर्मी ,राधिका न्यौपाने मानिस शाह लगायतले मन्तब्य राखेका थिए ।















