२०८२ पुष ३ गते, बिहीबार २१:३९

१५ करोड मुल्यको चार गाडी सुपाडी प्रहरी नियन्त्रणमा

वीरगन्ज –

जिल्ला प्रहरी कार्यालय पर्साले बिहिबार वीरगन्जको इनर्वाबाट १५ करोड भन्दा बढी मुल्यको सुपाडी नियन्त्रणमा लिएको छ ।

प्रहरीले इनर्वा बाइपास रोडमा अवस्थि एक गोदामबाट उक्त मुल्यको चार गाडि सुपाडी नियन्त्रणमा लिएको हो । वीरगन्जको अलौंमा अवस्थित आसिपीबाट महोत्तरीका लागि निकासी भएको सुपाडी बाइपास सडक खण्डको एक गोदाममा भण्डारण भइरहेको सुचनाको आधारमा कारवाही गर्दा १हजार ८ सय बोरा सुपाडी बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक सुदिप पाठकले जानकारी दिनुभयो।

उहाँले भन्सार कार्यालयबाट महोत्तरीका लागि निकासी भएको बस्तु बिच बाटोमा राख्न वा कनटेनरमा लगाइएको सिल तोडिन नपाउने कानुनी व्यवस्था रहेको र उक्त वेवस्थालाई कारोपारीले भंगगरेकाले आवस्यक अनुसन्धनका लागि सुपाडीलाई नियन्त्रणमा लिइएको उहाँको भनाइ रहेको छ । प्रहरीले बरामद गरेको सुपाडीको बजार मुल्य १५ करोड २१ लाख भन्दा बढी रहेको छ ।

पोडकास्ट सुन्नुहोस