वीरगन्ज-
राष्ट्रीय स्वतन्त्र पार्टीको प्रथम सखुवा प्रसौनी पालिका भेला सम्पन्न भएको छ । भेलाले शम्भु प्रसाद यादवको सभापतित्वमा नौ सदस्यीय समिति पनि गठन गरेको छ । समितिको उपसभापतिमा सञ्चिता बुढाथोकी ,सचिवमा अफजल हुसैन,कोषाध्यक्षमा प्रभु प्रसाद महतो,सहसचिव जनक राज कँडेल र सदस्य हरुमा विरा महतो अशेशोर साह तेली निरञ्जन राउत र भोला राउत कुर्मी छन् ।
भेलालाई सम्बोधन गर्दै रास्वापा पर्सा सभापति हरी पन्तले भाद्र २३ र २४ को जेञ्जि विद्रोहले काँग्रेस ,एमाले ,माओबादी र मधेसवादीदल जस्ता पुराना दलहरुको सान्दर्भिकता र अस्तित्व सकिएको संदेश दिएको र रास्वपाको महत्व र आवश्यकता स्थापित गरिदिएको बताए । उनले आउँदो चुनावमा रास्वपालाई भारी मतले जिताउन पनि आग्रह गरे ।
भेलालाई उपसभापति तुलसा पौडेल , अमन आलम , सबबु कँडेल महेन्द्र दास ,सोनालाल पटेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
रास्वापा क्षेत्रिय सभापति मनोज कुर्मीको सभापतित्वमा सम्पन्न भेलामा कृष्णा पासवानले सहजिकरण गरेका थिए ।














