२०८२ पुष ३ गते, बिहीबार २१:०९

रन्जन सिंह राजपुत रिहा

वीरगन्ज-

जेनजी आन्दोलनमा वीरगन्जका मेयर राजेशमान सिंहको घरमा आगजनी गरेको आरोपमा पक्राउ परेमा हिन्दुवादी नेता रन्जन सिंह राजपुत रिहा भएका छन्।

अनुसन्धानका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा बाेलाइएका बेला वीरगन्ज-१० रानीघाटका ४१ वर्षीय राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे।

सरकार र जेनजीप्रतिनिधिबीच मंसिर २४ गते भएको १० बुँदे सम्झाैता अनुसार, जेनजी आन्दाेलनमा सहभागी भएकै आधारमा प्रहरी थुनामा राख्न नपाइने र आवश्यक परे बयानका लागि फेरि बाेलाउन सक्ने शर्तमा जिम्मा जमानीमा राजपुतलाई रिहा गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।

पोडकास्ट सुन्नुहोस