२०८२ पुष ४ गते, शुक्रबार १५:२७

युवापुस्ताको आन्दोलनमा भएका घाइतेलाई सरकारले र्निवाह भत्ता दिने

काठमाडौं –

सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ ।

घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको हो ।

जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयनमा आएसँगै प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गर्ने प्रावधान कार्यविधिमा उल्लेख छ ।
कार्यविधिअनुसार मध्यम घाइतेले मासिक ४ हजार, गम्भीर घाइतेले मासिक ९ हजार र अति गम्भीर घाइतेलाई जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार दिइने छ ।
जेनजी आन्दोलनका घाइतेहरूरफाइल तस्वीर
सामान्य घाइतेलाई भने नगद राहतको व्यवस्था छैन । कार्यविधिको उपदफा ९१०० बमोजिम यो भत्ता महँगीका आधारमा पुनरावलोकन गर्न सकिने प्रावधान पनि राखिएको छ ।
जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको सिफारिस गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने व्यवस्था छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा भइरहेको घाइते वर्गीकरण २९ मंसिरसम्म तीन जिल्लाका ९काठमाडौं, कास्की र चितवन० १८३ जनाको सम्पन्न भएको छ ।

वर्गीकरण मध्ये कुल १८ जना अति गम्भीर घाइते, ५५ जना गम्भीर, ४० जना मध्यम घाइते र ७० जना सामान्य घाइतेको रूपमा वर्गीकरण भएका छन् ।

काठमाडौंमा कुल १६० घाइतेको वर्गीकरण भएको छ । जसमध्ये १६ जना अति गम्भीर घाइते, ५२ जना गम्भीर घाइते, ३७ जना मध्यम र ५५ जना सामान्य घाइते छन् ।

पोडकास्ट सुन्नुहोस