२०८२ पुष ५ गते, शनिबार १६:४९

राष्ट्रीय स्वतन्त्र पार्टीले वीरगन्ज महानगरमा संगठन विस्तार शुरू गर्यो 

वीरगन्ज-

राष्ट्रीय स्वतन्त्र पार्टीले वीरगन्ज महानगरमा संगठन विस्तार शुरू गरेको छ । यसै क्रममा शनिवार रास्वपाले वीरगन्ज महानगरको वडा नम्बर ३ को वडा समिति किरण कटुवालको सभापतित्वमा गठन गरिएको हो । समितिको उप सभापतिमा लाल बाबु मन्सुरी ,सचिवमा अनिल कुमार दास ,सहसचिव एकबाल मिया र राकेश महर्जन तथा सदस्यहरुमा सुरेश पासी ,अशरफ मन्सुरी ,नुरेनबि मन्सुरी , छोटु साह सोनार ,राजु कुमार स्वामी ,समीर मिया धोबी,राजन कुमार दास अजय कुमार दास जावेद मिया मन्सुरी रहेका छन् । त्यसैगरी समितिको सल्लाहकारमा मञ्जुरल हक अन्सारी सम्सुदिन अन्सारी र ज्याउल हक मन्सुरी रहेका छन् ।

रास्वपा पर्सा सभापति हरी पन्तले अब छिट्टै नै रास्वपा महानगरको बत्तीसै वडामा गठन गरिने बताए । उनले अहिले महानगरका बत्तीसै वडाहरुबाट राष्ट्रीय स्वतन्त्र पार्टीमा आउन चाहनेहरुको लहर नै चलेको बताए ।
महानगर सभापति महोमद्व आलमको सभापतित्वमा भएको उक्त कार्यक्रमको सहजिकरण सचिव गौतम श्रेष्ठले गरेका थिए । कार्यक्रममा महानगर उपसभापति परितोस द्विवेदी ,सहसचिव मुन्ना साह र नेता परवेज आलमको विशेष उपस्थिति रहेको थियो ।

पोडकास्ट सुन्नुहोस