वीरगन्ज-
आज राति आकाशमा वर्षकै सबैभन्दा प्रभावशाली उल्का वर्षामध्ये एक मानिने क्वाड्रान्टिड (Quadrantid) उल्का वर्षा देखिने भएको छ। खगोलविद्हरूका अनुसार पृथ्वी आज क्वाड्रान्टिड उल्का वर्षाको सबैभन्दा सक्रिय क्षेत्रमा प्रवेश गर्दैछ, जसका कारण आकाशमा तीव्र गतिमा चम्किने ‘सुुटिङ स्टार’ देख्न सकिनेछ।
तर यस वर्षको क्वाड्रान्टिड उल्का वर्षा उज्यालो सुपरमून (पूर्ण चन्द्रमा) का कारण केही हदसम्म प्रभावित हुने अनुमान गरिएको छ। चन्द्रमाको अत्यधिक उज्यालोले आकाशका कम चम्किला उल्काहरू देख्न कठिन बनाउन सक्ने खगोलविद्हरूले बताएका छन्।
क्वाड्रान्टिड उल्का वर्षा प्रायः जनवरीको पहिलो साता सक्रिय हुन्छ र छोटो समयमै अत्यधिक संख्यामा उल्का देखिने यसको विशेषता हो। अनुकूल मौसम र अँध्यारो आकाश भएमा प्रतिघण्टा दर्जनौँ उल्का देख्न सकिने वैज्ञानिकहरू बताउँछन्।
कसरी हेर्ने ?
खगोलविद्हरूले खुला स्थानमा, सहरको बत्तीबाट टाढा रहेर अवलोकन गर्न सुझाव दिएका छन्। टेलिस्कोप वा बाइनाकुलर प्रयोग नगरी नाङ्गो आँखाले नै हेर्नु उपयुक्त हुने उनीहरूको भनाइ छ। आकाशको उत्तरपूर्वी भागतर्फ ध्यान केन्द्रित गर्दा उल्का देखिने सम्भावना बढी हुन्छ।
वैज्ञानिकहरूका अनुसार क्वाड्रान्टिड उल्का वर्षा एउटा सानो खगोलीय पिण्डबाट उत्पन्न भएको मानिन्छ, जसका अवशेष पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा घर्षणका कारण चम्किलो प्रकाश उत्पन्न हुन्छ।
यद्यपि सुपरमूनको उज्यालो चुनौती बने पनि, आकाशप्रेमी र खगोल विज्ञानमा रुचि राख्नेहरूका लागि आजको रात विशेष रहने अपेक्षा गरिएको छ।
स्रोत: Times of India















