काठमाडौँ ।
नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरले उपसमिति गठन गरेको छ । उनीहरूले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति बनाउँदै संयोजक तोकेका हुन् ।
पार्टी संस्थापन पक्षले बहुमतको आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन् ।
आज पत्रकार सम्मेलनमार्फत उनीहरूले विशेष महाधिवेशनको स्वामित्व लिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

Post Views: 44















