२०८२ पुष २४ गते, बिहीबार २०:०४

ठोरीको ब्रह्म्नगरबाट १५७ किलो ग्राम गाँजा बरामद

वीरगन्ज-

पर्सा जिल्लाको ठोरी गाउपालिबाट प्रहरीले ठुलो परिमणमा प्रतिबन्धित लागुओषध गाँजा बजारम गरेको छ । पालिकाको वडा नं. ३ ब्रह्म्नगरबाट प्रहरीले १५७ किलो ग्राम गाँजा बरामद गरेको हो ।
मकवनापुरबाट वनको बाटो हुँदै पर्सा जिल्लामा भित्र्याइएको गाँजा भण्डारण भएको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोरीले मंगलबार राती ब्रह्म्नगर निवासी छिरिङ दोङको घरमा छापमारी खान तलाश गर्दा उनको घर भित्रबाट ९५० ग्राम र घर नजिकै रहेको खेतमा लुकाई छिपाई राखिएकोे १० पोका गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो।
पुर्व सुचनाको आधारमा ब्रह्म्नगरमा अस्थित दोङको दुई तल्ले काठको घरमा पसि खानतलाश गर्दा घरको माथिलो तल्लामा रहेको केठाबाट ९५० ग्राम गाँजा बरामद भएपछि सुचना अनुसा घर नजिकैको खेतमा गई चेक जाँच गर्दा परालले छोपि राखिएको अवस्थामा उक्त परिमाणमा गाँजा बरामद गरेको उहाँले बताउनुभयो ।
घर भित्र र घर बाहिर गाँजा लुकाउने दोङ प्रहरी पुग अगाडी नै फरार भएकाले उनको खोजिकार्य भइरहेको प्रहरीले जानएको छ ।

पोडकास्ट सुन्नुहोस