काठमाडौं-
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पार्नुभएको छ ।
बुद्धिजीविहरुसँगको बुधवारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले केही नेताहरुले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरुलाई सभापति बन्ने चाहना नरहेको बताउनु भयो । उहाँले सभापति बन्ने चाहना राख्ने डा. शेखर कोईराला वा अन्य कोही पनि नेताहरु सभापति बन्नसक्ने बताउनु भयो । उहाँले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । महामन्त्री थापाले पार्टीलाई ठिक ठाउँमा उभ्याउने आफूहरुको एकमात्र चाहना रहेको जिकिर गर्नुभयो ।
महामन्त्री थापाले नेपालको ठूलो पार्टीलाई बनाउँ भन्ने मात्रै आफूहरुको चाहना रहेको बताउनु भयो । संस्था जोगाउने र परिवर्तनको मुद्दा नमार्ने गरी आफूहरु अघि बढ्न चाहेको बताउनु भयो ।















