२०८२ माघ २ गते, शुक्रबार १८:२९

पकाहामैनपुरकाे राम चरित्र भगत माविलाई नमुना बनाउने अध्यक्ष सहनीको प्रतिबद्धता, नयाँ समिति सर्वसहमत चयन

पर्सा- 

पर्साको पकाहामैनपुर गाउँपालिकामा अवस्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा राजेश सहनी सर्वसहमत रूपमा चयन भएका छन।

विद्यालयको समग्र शैक्षिक विकास, सुशासन र गुणस्तरीय शिक्षाको सुदृढीकरणका लागि प्रतिबद्ध नेतृत्वको रूपमा सहनीको चयनलाई स्थानीयस्तरमा सकारात्मक रूपमा देखिएको छ।

नवगठित विद्यालय व्यवस्थापन समितिका सदस्यहरूमा रामनाथ साह तेली, राजकुमार सहनी, श्रीमती सोभी देवी, श्रीमती सन्ध्या चौहान र श्रीमती माला कुमारी गोढ रहेका छन।
समावेशी प्रतिनिधित्वसहित गठित यस समितिले विद्यालयलाई शैक्षिक सुधारको नयाँ दिशातर्फ अघि बढाउने विश्वास लिइएको छ।

पदभार ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनीले विद्यालयको भौतिक पूर्वाधार विकास, शिक्षक–विद्यार्थीको हकहित संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा सामुदायिक सहभागिता बढाउने आफ्नो प्राथमिकता रहने बताएका छन। स्थानीय सरकार, अभिभावक र सरोकारवालासँग सहकार्य गर्दै विद्यालयलाई नमुना शिक्षण संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन।

श्री राम चरित्र भगत माध्यमिक विद्यालय १५ बर्ष देखि विद्यालय व्यवस्थापन समिति बिहिन रहेको थियो। अहिले
समसामयिक राजनीतिक परिवेशमा शिक्षालाई प्राथमिकतामा राख्दै जिम्मेवार नेतृत्व आवश्यक रहेको अवस्थामा सहनीको सर्वसहमत चयनले स्थायित्व, सहकार्य र विश्वासको सन्देश दिएको छ, भने विद्यालय व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैली अवलम्बन गरिने अपेक्षा गरिएको छ।

स्थानीय जनसमुदायले नयाँ नेतृत्वबाट विद्यालयको शैक्षिक स्तर उकासिने, विद्यार्थीमैत्री वातावरण निर्माण हुने र दीर्घकालीन शैक्षिक सुधारका ठोस पहल हुने आशा व्यक्त गरेका छन ।

सो अवसरमा नेकपा एमालेका पालिका कमिटी अध्यक्ष तथा युवा नेता अकलेश कुमार साह, धोरे विद्यालयका प्रधानाध्यापक उपदेश मेहता, संसारीमाई विद्यालयका भुपु प्रधानाध्यापक सुरेश पटेल, मानिकपुर विद्यालयका प्रधानाध्यापक राधा बैठा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा श्री राम चरित्र भगत माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश साहले स्वागत मन्तव्य राखेका थिए, भने कार्यक्रमको सहजीकरण शिक्षक बिन्दुभुषण साहले गरेका थिए ।

श्री राम चरित्र भगत माध्यमिक विद्यालयका प्रधानाध्यापक पप्पु प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा समाजसेवी प्रमोद राज पटेल, राजन साह, रंजित साह, बलिराम यादव, रामयोध्या चौहान, जमिल अख्तर, अनिरूध यादव, श्री राम चरित्र भगत माध्यमिक विद्यालयका शिक्षक, शिक्षिका, बिधार्थीहरू लगायत स्थानीय बुद्धिजीवी, सुरक्षाकर्मी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस