२०८३ बैशाख ९ गते, बुधबार १७:०७

मधेश प्रदेश सभाले मनायो प्रदेश नामाकरण र राजधानी कायम दिवस

जनकपुर –

मधेश प्रदेशको नामकरण र राजधानी जनकपुर कायम गरिएको दिनको स्मरणमा मधेश प्रदेश सभाले आज (शनिबार) प्रदेश नामाकरण र राजधानी कायम स्मरणीय पावन दिवस मनाएको छ ।माघ ३ गत्तेको दिन प्रदेश नं.२ ले मधेश प्रदेशके नाम पाएको थियो । सोही दिनलाई ऐतिहासिक दिनको संज्ञा दिँदै मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवले वृक्षारोपण गरेका छन् ।

उनले मधेश प्रदेश सभाको परिसरमा विभिन्न बोट बिरुवा रोपेका छन् । उनले मधेश प्रदेशको नामाकरण हुनु र राजधानी जनकपुर हुनु संघीयतको प्रतीक रहेको बताए । उनले आजकै दिनले गणतन्त्र संसथागत गरेको धारणा राखे । उनले यस वर्ष वृक्षारोपन कार्यक्रम मात्र गरिएको भएपनि अर्को वर्षदेखि आजको दिनमा भव्य कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।

सभामुख यादवले निवर्तमान सभामुख सरोज कुमार यादवलाई गमछा ओढाएर सम्मान गरेका थिए । वृक्षारोपन कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोज कुमार यादव, अर्थ मन्त्री महेश प्रसाद यादवलगायत मधेश प्रदेशका सांसदहरुको उपस्थिती रहेको थियो ।

वीरगन्जको भिस्वा होटेलमा तेस्रो लिङ्गी समूहको वितण्डा: वैवाहिक समारोहमा तोडफोड र लुटपाटको प्रयास, प्रहरीद्वारा लाठीचार्ज

वीरगन्ज- वीरगन्जस्थित प्रतिष्ठित भिस्वा होटेलमा मङ्गलबार राति तेस्रो लिङ्गीहरूको एक

वीरगन्जको भिस्वा होटेलमा तेस्रो लिङ्गी समूहको वितण्डा: वैवाहिक समारोहमा तोडफोड र लुटपाटको प्रयास, प्रहरीद्वारा लाठीचार्ज

वीरगन्ज- वीरगन्जस्थित प्रतिष्ठित भिस्वा होटेलमा मङ्गलबार राति तेस्रो लिङ्गीहरूको एक

पोडकास्ट सुन्नुहोस