२०८२ माघ ५ गते, सोमबार ०९:५६

प्रदीप यादवलेफेरि गरे पार्टी प्रवेश

वीरगन्ज-

सत्ता केन्द्रीत राजनीतिक गर्न मन पराउने पर्साको निार्वचन क्षेत्र नं. १का निर्वतमान प्रतिनीधि सभा सदस्य प्रदीप यादवले फरि नयाँ पार्टी प्रवेश गरेका छन् ।

असोक राई नेतृत्वको जसपा छाडेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका नेता यादवले प्रवेश गरेको एक महिना नपुग्दै फेरी पार्टी परिर्वतन गर्दै नेकपा एमालेमा प्रवेश गरेका हुन । जसपा नेपालले यसपाली प्रतिनीधि सभा निर्वाचनमा उम्मेदवार नबनाउने छाँटगाँट पाएपछि उनी एमालेमा दलबल सहित प्रवेश गरेका छन।

सत्तासुख केन्द्रीत राजनीक गर्न मना पराउने यादवलाई जसपा नेपालबाट यसपाली पर्साको निर्वाचनक्षेत्र नं. १ बाट प्रतिनिधी सभाको प्रत्यक्ष तर्फ उम्मेदवार नबनाउने पक्का पकी भएपछि उनी आइतबार मध्यरातमा भक्तपुरको गुण्डुस्थित नेकपा अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगी एमाले प्रवेश गरेका हुन ।

नेता यादवसंगै जसपाका महासचिव एवं पूवृमन्त्री इस्तियाक राईन, वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ लगायतका नेताहरु समेत एमाले प्रवेश गरेका छन् ।

वीरगन्ज महानगरपालिकाका पूर्व नगरप्रमुख र एमालेका केन्द्रीय सदस्य विजय कुमार सरावगी समेतको उपस्थितीमा यादवसंगै ओली निवास पुगेका जसपाका केन्द्रीय सदस्य पुरुषोत्तमलाल झा,जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेक महमद अन्सारी, वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अजय चौरसिया, वडा नम्बर १४ का वडाध्यक्ष महबुब इलाही,वडा नम्बर १५ का वडाध्यक्ष रमेश यादव,वडा नम्बर २३ का वडाध्यक्ष राधाकृष्ण रौनियार, वडा नम्बर ३० का वडाध्यक्ष मनोज यादव र वडा नम्बर ३२ का वडाध्यक्ष महमद रियाज समेत एमाले प्रवेश गरेका छन ।

गएराती पार्टी प्रवशे गरेका यादवलाई नेकपा एमाले पर्साको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधी सभा प्रत्यक्ष तर्फ उम्मेदवार समेत बनाउने निर्णय गरेको छ ।

वर्षैदेखि पार्टीका हितका लागि काम गर्दै आएका नेकपा एमालेका निष्ठावान नेता कार्यकर्ताले बोकेको निर्वाचन लडने अभिलाशामाथि कठोर प्रहार गर्दै पर्सा १बाट उमेदवार बनेका यादवलाई आउने प्रतिनीधि सभाको निर्वाचनमा एमालेका नेता कार्यकर्ताहरुले कती सहयोग गर्ने त्यो आउने दिनले देखाउने नै छ । नेता यादवको एमाले प्रवेशको विषयलाई लिई यता समाजिक संजालमा वीरगन्जवासिले कडा प्रतिकृया जनाइरहेकाछन् । सोमबार विहानै देखि समाजिक संजाल फेसबुकामा स्टाटस लेख्दै वीरगन्ज वासिले नेतायादवलाई औसरवादीको रुपमा व्यख्या गर्दै विभिन्न कडा टिप्पनी गरिरहेका छन् ।

पोडकास्ट सुन्नुहोस