२०८३ मंसिर १२ गते, शनिबार ०:२४

काँग्रेसको चुनावी अभियान माघ १६ गतबाट सुरु हुने

काठमाडौं –

नेपाली कांग्रेसले चुनावी सभा मधेशबाट सुरु गर्ने भएको छ । माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ । सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । पार्टीले उपसभपाति शर्मालाई चुनावी प्रचार प्रसार समितिको संयोजक बनाएको छ ।

जनकपुरमा हुने सभाका लागि केन्द्रीय तहबाट उपसभापति शर्माले संयोजन गर्ने भएका छन् । सभाको तयारीको तयारीका प्रदेश समितिको शनिबार बैठक बस्न लागेको मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिए ।‘प्रचार प्रसारलाई तयारीका लागि प्रदेश समितिको आज बैठक बस्दैछ,’ गुप्ताले अनलाइनखबरसँग भने, ‘माघ १६ गते हुने बृहत् सभामा लाखौं मान्छे सहभागी हुन्छन् ।

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । यसपटकको निर्वाचनमा दलहरूले मधेशलाई केन्द्र बनाएर आफ्ना निर्वाचन गतिविधिहरू सक्रिय बनाएका छन् । यसअघि जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ ले चुनावी सभा गरेको थियो । जुन सभाबाटै काठमाडौंका पूर्वमेयर बालेन शाहले औपचारिक रुपमा चुनावी सभामा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस