२०८२ माघ ११ गते, आईतवार १३:५६

नेपाली काँग्रेसका उम्मेदवार रुङ्गटाको चुनावी अभियान सुरु

वीरगन्ज-
पर्सा निर्वाचन क्षेत्र नं। १ बाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले आजदेखि आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेका छन्।

अभियानको पहिलो दिन वीरगन्जको पावरहाउस चोकमा सम्पर्क कार्यालय सञ्चालन गर्दै रुङ्गटाले चुनावी गतिविधिको शुभारम्भ गरेका हुन्। सम्पर्क कार्यालयको उद्घाटन विशेष समारोहका बीच वीरगन्ज महानगरपालिकाकी पूर्व उप–प्रमुख शान्ति कार्कीले रातो रिबन काटेर गर्नुभएको थियो।

उक्त अवसरमा उम्मेदवार अनिल कुमार रुङ्गटा, संविधानसभा सदस्य तथा नेपाली काँग्रेस पर्साका पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदी, जिल्ला उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव एवं वीरगन्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम, नेपाली काँग्रेस क्षेत्र नं। १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, पार्टीका महाधिवेशन प्रतिनिधिहरू, वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस