२०८२ माघ २२ गते, बिहीबार २१:५५

बालुवाटारमा सत्ता–प्रतिपक्षको गोप्य संवाद — ओली र प्रधानमन्त्री कार्कीबीच २ घण्टा गहन छलफल

काठमाडौं –

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा करिब दुई घण्टा लामो वार्ता भएको छ।

बिहीबार बिहान ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। ओली निकट स्रोतका अनुसार उनी करिब बिहान ९ बजेपछि बालुवाटार प्रवेश गरेका थिए र समसामयिक राजनीति तथा आसन्न निर्वाचनबारे प्रधानमन्त्रीसँग विस्तृत छलफल गरेर फर्किएका हुन्।

‘अध्यक्ष ओली बालुवाटार जानुभएको हो। उहाँले प्रधानमन्त्रीसँग करिब दुई घण्टा छलफल गरेर फर्किसक्नुभएको छ,’ स्रोतले जनाएको छ।

छलफलका क्रममा आगामी निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने विषयमा विशेष जोड दिइएको बताइएको छ। साथै, निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी तयारी अघि बढाउन ओलीले सरकारलाई सुझाव दिएका थिए।

दुवै पक्षका निकट स्रोतहरूका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच आवश्यक परे थप छलफललाई निरन्तरता दिने समझदारीसमेत बनेको छ।

पोडकास्ट सुन्नुहोस