२०८२ माघ २७ गते, मंगलवार १७:३३

रास्वपाको नगवा घरदैलोमा जनसागर: हरि पन्तको पक्षमा बलियो बन्दै जनमत

वीरगन्ज-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नं. १ अन्तर्गत नगवामा आयोजना गरेको घरदैलो कार्यक्रममा स्थानीय मतदाताको अभूतपूर्व सहभागिता देखिएको छ। चुनावी अभियानका क्रममा मंगलबार नगवा पुगेका रास्वपाका उम्मेदवार हरि पन्तलाई स्थानीय बासिन्दाले भव्य स्वागत गर्दै ऐक्यबद्धता जनाएका छन्।

घरदैलोका क्रममा मतदाताहरूसँग साक्षात्कार गर्दै रास्वपा पर्सा सभापति एवं क्षेत्र नं. १ का उम्मेदवार पन्तले अहिलेको जनलहरले परिवर्तनको सङ्केत गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “रास्वपाको जित केवल एक उम्मेदवारको जित होइन, यो समग्र मुलुकको र परिवर्तन चाहने प्रत्येक नागरिकको जित हो। आज नगवाबासीको यो साथ र समर्थनले मेरो जित सुनिश्चित गरिसकेको छ।”

उहाँले यसपटक नगवाका मतदाताले पुरानो शैलीलाई त्यागेर ‘मत परिवर्तन’ गरी नयाँ सोच र सुशासनका पक्षमा उभिनेमा आफू पूर्ण ढुक्क रहेको विश्वास व्यक्त गर्नुभयो।

नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति कार्यक्रममा रास्वपा पर्साका उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठका साथै सन्दिप कुशवाहा, विशाल सिंह, माइकल सापकोटा लगायतका नेता-कार्यकर्ता र स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नगवाका गल्ली-गल्लीमा ‘घण्टी’ को नारा गुञ्जिरहँदा स्थानीयहरूले अबको विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी नै भएको प्रतिक्रिया दिएका थिए।

पोडकास्ट सुन्नुहोस