२०८२ फाल्गुन ९ गते, शनिबार १९:५४

अलौमा एमालेको शक्ति प्रदर्शन: रास्वपा र कांग्रेस त्यागेर युवाहरू रिमा यादवलाई जिताउन मैदानमा

वीरगन्ज-

वीरगन्जको माटोमा एउटा नयाँ राजनीतिक विश्वासको उदय भएको छ। वर्षौँदेखि फरक–फरक राजनीतिक विचार बोकेका मनहरू आज एउटै लक्ष्य र एउटै झण्डामुनि गोलबद्ध भएका छन्। शनिबार वीरगन्ज महानगरपालिका–१७ अलौमा आयोजित चुनावी रणनीतिक छलफल कार्यक्रम एउटा साधारण सभा मात्र रहेन, यो त क्षेत्र नम्बर २ को भविष्य बदल्ने एउटा महाअभियानको सुरुवात बन्यो।

कार्यक्रमको सबैभन्दा भावुक र महत्वपूर्ण क्षण तब आयो, जब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र जसपा परित्याग गरी दर्जनौँ प्रभावशाली नेता तथा युवाहरूले नेकपा एमालेको “सूर्य” अंकित झण्डालाई आफ्नो गन्तव्य रोजे। रास्वपाका चर्चित युवा नेता धिरज उपाध्यायको नेतृत्वमा आएको ऊर्जावान् युवा टोलीलाई पार्टीका केन्द्रीय सदस्य एवं वीरगन्जका पूर्व नगरप्रमुख विजय कुमार सरावगी र वडा अध्यक्ष सन्जु छतकुलीले अबिर र खादा ओढाएर सप्रेम स्वागत गर्नुभयो।

“योग्य हातमा नेतृत्व, अनि मात्र सम्भव छ समृद्धिको सपना” नवप्रवेशीहरूलाई स्वागत गर्दै प्रमुख अतिथि विजय सरावगीले भावुक हुँदै भन्नुभयो, “देश बनाउने संकल्प र एमालेको कामप्रतिको विश्वासले नै आज तपाईंहरू यहाँ हुनुहुन्छ। हामीलाई भाषण गर्ने होइन, शासन बदल्ने र विकास गर्ने नेतृत्व चाहिएको छ।” उहाँले क्षेत्र नम्बर २ का लागि शिक्षित, योग्य र निडर महिला उम्मेदवार रिमा यादवलाई जिताउनु भनेको अलौ र समग्र क्षेत्रको इज्जत जोगाउनु रहेको बताउनुभयो।

नवप्रवेशीको प्रतिबद्धता: “अबको दिन रिमा यादवका लागि” पार्टी प्रवेश गरेलगत्तै युवा नेता धिरज उपाध्याय र अन्य साथीहरूले एक स्वरमा भने— “हामीले बाटो बिराएका थियौँ, तर अब सही ठाउँमा आइपुगेका छौँ। रिमा यादव जस्तो शिक्षित उम्मेदवारलाई जिताउन हामी दिनरात नभनी खटिनेछौँ।”

कार्यक्रममा स्थानीय नेताहरू उषमान अन्सारी, अजय साह लगायतका कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। अलौको यो उत्साहले प्रष्ट पारेको छ कि, यसपटक वीरगन्ज–१७ ले विकासको पक्षमा ऐतिहासिक निर्णय लिनेछ।

पोडकास्ट सुन्नुहोस