२०८२ फाल्गुन १८ गते, सोमबार १८:३४

रामेछापमा निर्वाचन कर्मचारी सवार गाडी भीरबाट खस्यो, उद्धार जारी

रामेछा –

रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सवार गाडी भीरबाट खसेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी क्षेत्रमा दुर्घटना भएको हो। ना ७ ख ६७६८ नम्बरको गाडी सडकबाट करिब १०० मिटर तल भीरमा खसेको बताइएको छ।

उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि तत्कालै प्रहरी र स्थानीयवासीले उद्धार कार्य सुरु गरेका छन्।

गाडीमा कति जना सवार थिए भन्ने विषयमा हालसम्म यकिन जानकारी प्राप्त भएको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

पोडकास्ट सुन्नुहोस