काठमाडौं –
देशको ढुकुटी जोगाउने र सुशासन दिने बाचासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनमा ‘बोल्ड’ कदम चाल्ने संकेत दिएको छ। परम्परागत २५ सदस्यीय जम्बो मन्त्रिमण्डललाई चुनौती दिँदै रास्वपाले अबको मन्त्रिपरिषद १८ सदस्यमा मात्रै सीमित पार्ने कसरत थालेको छ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, मन्त्रालयको संख्या घटाउन केही मन्त्रालय गाभ्ने वा एकै मन्त्रीलाई दोहोरो जिम्मेवारी दिने गरी गृहकार्य भइरहेको छ। “हामी फजुल खर्च घटाउन र काममा गति दिन १८ सदस्यीय मन्त्रिमण्डलमै अडिग छौँ,” बुर्लाकोटीले दाबी गरे।
यसैबीच, राजनीतिमा ठूलो तरंग पैदा गर्दै आगामी चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको रूपमा शपथ लिने तयारी भएको छ। सोही दिन ‘सप्राइज’ शैलीमा सबै मन्त्रीहरूको शपथ ग्रहण गराएर सरकारले पहिलो गाँसमै सुशासनको सन्देश दिने रणनीती बनाएको छ। प्रधानमन्त्रीको शपथ लगत्तै संसदीय दलको बैठक बस्ने र नयाँ योजनाहरू सार्वजनिक हुने बताइएको छ।
Post Views: 3













