२०८२ चैत्र ८ गते, आईतवार १९:५४

पोखरा विमानस्थल निर्माणमा ४६ करोड भ्रष्टाचार: पूर्वसचिव र तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा-

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ४६ करोड १५ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ। अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव केदारबहादुर अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन तीनजना महानिर्देशकहरूलाई मुख्य प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।

अख्तियारले क्यानका पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहित २१ जनालाई प्रतिवादी कायम गरेको छ। प्रदीप अधिकारीविरुद्ध दायर भएको यो तेस्रो भ्रष्टाचार मुद्दा हो। विमानस्थल निर्माणका विभिन्न प्राविधिक तथा आर्थिक प्रक्रियामा अनियमितता भएको ठहर गर्दै अख्तियारले यसपटक दुईवटा निर्माण कम्पनीलाई समेत प्रतिवादी बनाएको छ।

यसअघि गत २१ मंसिरमा मात्रै अख्तियारले सोही विमानस्थल निर्माणमा ८ अर्ब ३७ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै पाँच पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त विशाल भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा अख्तियारले आइतबार अर्को छुट्टै भ्रष्टाचारको दाबीसहित दोस्रो मुद्दा अदालत पुर्‍याएको हो। यसले पोखरा विमानस्थल निर्माणको सुरुवाती चरणदेखि नै नीतिगत र कार्यान्वयन तहमा व्यापक आर्थिक अनियमितता भएको संकेत गरेको छ।

पोखरा विमानस्थल निर्माणमा ४६ करोड भ्रष्टाचार: पूर्वसचिव र तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ४६ करोड १५

पोखरा विमानस्थल निर्माणमा ४६ करोड भ्रष्टाचार: पूर्वसचिव र तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ४६ करोड १५

पोडकास्ट सुन्नुहोस