२०८२ चैत्र १० गते, मंगलवार ११:०७

अमेरिका-इरान युद्ध: वार्ताका बीच अमेरिकी आक्रमण स्थगित, ऊर्जा बजारमा सकारात्मक संकेत

वासिङ्टन –

राष्ट्रपति डोनालन्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता अगाडि बढिरहेको बताउँदै केही सैन्य आक्रमण अस्थायी रूपमा स्थगित गरिएको घोषणा गरेका छन्। उनले पछिल्ला दुई दिन “अत्यन्त राम्रो र फलदायी” वार्ता भएको दाबी गर्दै यसलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने बताएका छन्।

अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि आक्रमण सुरु गरेपछि पहिलोपटक उच्चस्तरीय वार्ताको औपचारिक संकेत आएको हो। ती आक्रमणले इरानको सैन्य संरचना र नेतृत्वलाई ठूलो क्षति पुर्‍याएको छ भने विश्वव्यापी ऊर्जा संकटसमेत गहिरिएको छ।

ट्रम्प प्रशासनले इरानको ऊर्जा पूर्वाधारमाथि हुने आक्रमण ५ दिनका लागि स्थगित गरेको जनाएको छ। यो निर्णय वार्ताको प्रगतिमा निर्भर रहने बताइएको छ। यस कदमले इरानले बन्द गरेको स्टेट आफ हर्मुश पुनः खोल्ने सम्भावना बढाएको अमेरिकी पक्षको विश्वास छ।

यो जलमार्गबाट विश्वको ठूलो परिमाणमा कच्चा तेल आपूर्ति हुने भएकाले यसको अवरोधले विश्व अर्थतन्त्रमा ठूलो असर परेको छ। इरानले जहाजमाथि आक्रमणको चेतावनी दिएपछि यहाँबाट हुने करिब ३० प्रतिशत तेल आपूर्ति प्रभावित भएको बताइएको छ।

ट्रम्पले भने, “हामीबीच महत्वपूर्ण सहमतिको बिन्दुहरू बनेका छन्। यदि यो प्रक्रिया सफल भयो भने युद्ध अन्त्य हुन सक्छ।” उनका अनुसार सोमबारदेखि टेलिफोनमार्फत पनि वार्ता जारी रहनेछ।

तर, इरानले भने अमेरिकी दाबीलाई अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयले यस्तो भनाइलाई “ऊर्जा मूल्य घटाउने र सैन्य योजना अघि बढाउने प्रयास” मात्र भएको टिप्पणी गरेको छ। साथै, इरानले वार्ता अघि अमेरिका र इजरायलले आक्रमण पूर्ण रूपमा रोक्नुपर्ने, पुनः आक्रमण नगर्ने प्रतिबद्धता जनाउनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ।

यसैबीच,बेनजामिगं नेथनयाहुले अमेरिकासँग समन्वयमा रहेर आफ्नो सैन्य कारबाही जारी रहने स्पष्ट पारेका छन्। उनले इरान र लेबनानमाथि आक्रमण निरन्तर हुने बताएका छन्।

ट्रम्पको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव देखिएको छ। कच्चा तेलको मूल्य करिब १० प्रतिशतले घट्दै प्रति ब्यारेल १०० डलर आसपास पुगेको छ, यद्यपि एक महिनाअघि भन्दा अझै करिब ३० प्रतिशत उच्च छ। अमेरिकी शेयर बजार पनि उकालो लागेको छ।

तर, विश्लेषकहरूले युद्ध पूर्ण रूपमा अन्त्य नभएसम्म ऊर्जा बजारमा अस्थिरता कायम रहने चेतावनी दिएका छन्। यदि Strait of Hormuz चाँडै नखुलेमा तेलको मूल्य अझै उच्च स्तरमा पुग्न सक्ने अनुमान गरिएको छ।

यसका साथै, इरानको आणविक कार्यक्रम पनि अर्को ठूलो चिन्ताको विषय बनेको छ। इरानसँग उच्च मात्रामा संवर्धित युरेनियम भण्डारण रहेको र त्यसले भविष्यमा आणविक हतियार निर्माण गर्न सक्ने आशंका व्यक्त गरिएको छ।

समग्रमा, वार्ताले युद्ध अन्त्यतर्फ संकेत गरे पनि अविश्वास, सैन्य गतिविधि र ऊर्जा संकटका कारण अवस्था अझै संवेदनशील र अनिश्चित नै रहेको देखिन्छ।

पोडकास्ट सुन्नुहोस