२०८२ चैत्र १३ गते, शुक्रबार १७:३२

देउवा र ओलीद्वारा प्रधानमन्त्री बालेन शाहलाई बधाई

काठमाडौं –

नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)लाई बधाई दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
साथै, उनले आजै नियुक्त भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई दिएका छन् ।

उनले लेखेका छन्,‘राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । साथै, आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई तथा सफलताको शुभकामना ।’

त्यस्तै शाहलाई एमाले अध्यक्ष ओलीद्वारा बधाई तथा शुभकामना दिएका छन् । ओलीले प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै शाहलाई बधाई दिँदै नयाँ सरकारको सफलताको कामना गरेका हुन् ।

ओलीले नवनियुक्त प्रधानमन्त्री शाहको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई पनि कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।

ओलीले नयाँ नेतृत्वले मुलुकको आवश्यकता र जनचाहना अनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री शाह र सम्पूर्ण मन्त्रिपरिषद्का सदस्यहरूको कार्यकाल फलदायी रहोस् भन्दै सफल कार्यकालका लागि शुभेच्छा प्रकट गरेका हुन् ।

पोडकास्ट सुन्नुहोस