२०८२ चैत्र १३ गते, शुक्रबार १७:३३

वडाध्यक्षलाई जोगाउदा प्रअ निलम्वित

 फौजदारी कसुर गरेका वडाध्यक्षलाई जोगाउने प्रयासमा पालिकाका अधिकारीहरु

वीरगन्ज-

अर्मयादित रुपमा परिक्षा संचालन  गराएको अभियोगमा नेपाल राष्ट्रिय प्रथमिक विद्यलाय मुसहर्वा बाराका प्रधान अध्यापक जुगल  प्रसाद साह कानु निलम्बनमा परेका छन् । बाराको विश्रापुर गाँउपालिकामा रहेको नेराप्रवि मुसहर्वामा संचालित कक्षा ८को परिक्षा अर्मयादित रुपमा संचालन गरेको पाइएपछि परिक्षा केन्द्रका केन्द्राध्यक्ष समेत  प्रअ कानुलाई  निलम्बन गरिएको हो । पालिकाको वडा नं. ३का वडाध्यक्ष शिवचन्द्र प्रसाद यादवले नकली परिक्षार्थी मार्फत कक्षा ८को परिक्षा दिएको विषय उजागर भएपनि शिक्षा शाखाका प्रमुख महेस रिमालले प्रअ कानुलाई निलम्ब गरेका हुन ।

यही चैत्र ८ गते देखि सुरु भएको कक्षा ८को परिक्षाको दोस्रो दिन अंग्रेजी विषयको परिक्षामा वडाध्यक्ष यादवले आफनै सहायकबाट दिन लगाएको  जानकारी पाएपनि प्रअ कानुलाई निलम्बन गरिएको विश्रापुर गाउपालिकाका शिक्षाअधिकृत महेश रिमालले जानकारी दिनुभयो। उहाँले वडाध्यक्ष र प्रअ विच सहमति भई नक्कली परिक्षार्थीमार्फत परिक्षा दिएको प्रमाणहरु भेटिएपनि प्रअ कानुलाई निलम्बन गरिएको छ भने परिक्षामा सहभागि भएका व्यक्तिमाथि कानुन बमोजि कायरवाही गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।

मुलुकि अपराध संहितको दफा २७६को (घ) र शिक्षा ऐन २०२८ बमोजिक वडाध्यक्ष र उनको परिक्षा दिने नक्कली परिक्षार्थीलाई कारवाही गर्ने तयारीमा पालिका रहेको शिक्षा अधिकृत रिमालले जानकारी दिनुभयो।  वडाध्यक्ष यादवलाई परिक्षा दिनमा रोक लगाइएको छभने घटना वारे आवश्यक अनुसन्धानलाई अगाडी बढाइएको उहाँले बताउनुभयो।

यसै विषयमा वडाध्यक्ष यादवसंग बुझदा उहाँले  कक्षा ८का लागि परिक्षामा सहभागि भएको र सोही क्रममा आफुबाट सानो तृटी भएको स्वीकार गर्नु भयो। पालिकामै रहेको नेराप्रावि विश्रापुरमा कक्षा ७ पास भएको कागजात पेश गरी कक्षा ८कालागि फरम भरेको र सोही परिक्षा दिने क्रममा आफुबाट साधारण गल्ती भएको स्वीकार गर्नुभयो।

नक्कली परिक्षार्थीलाई सहयोग गरेका प्रअलाई कारवाही गरिएपनि घटनाका मुख्य दोषि वडा नं. ३ का वडाध्यक्ष शिवचन्द्र प्रसाद यादव र उनको परिक्षा दिने  सहयोगिलाई बचाउन पालिकाका अधिकारीहरुले प्रयास गरेको स्थानियहरुले आरोप लगाएका छन् । आफै वडाध्यक्ष रहेको पालिकाको विद्यलायबाट नक्कली परिक्षार्थीमार्फ परिक्षा दिने वडाध्यक्ष र उनका सहयोगिलाई कानुन बमोजिक कारवाही हुनुपर्ने स्थानियहरुको माग रहेको छ । फौजदारी अभियोग गरेका वडाध्यक्षलाई  प्रचलित कानुन बमोजिक कारवाही नगरिएको पालिकाका अधिकारीहरु विरुद्ध आन्दोलनमा उत्रीने स्थानियहरुले चेतावनी दिएका छन् ।

नक्कली परिचय पत्र प्रयोग गरी परिक्षा दिएको पाइएमा त्यसता कसुर गर्नेलाई एक वर्ष देखि ५ वर्षसम्म कैद र ५०हजार रुपैया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
नक्कली परिचय पत्र प्रयोग गरी अन्य व्यक्तिको परिक्षा दिने कार्यलाई नेपालको  मुलुकि अपराध संहिता २०७४ले फौजदारी कासुर अन्तरगतको अपराध श्रेणिमा वर्गीकृत गरेको छ ।

पोडकास्ट सुन्नुहोस