२०८२ चैत्र १५ गते, आईतवार ११:३१

 ओली पक्राउको विरोधमा एमाले सडकमा: आजदेशभर ज्ञापनपत्र अभियान

काठमाडौँ –

नेकपा एमाले ले आफ्ना अध्यक्ष केपी शर्मा ओली को रिहाइको माग गर्दै देशव्यापी प्रदर्शनसहित ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने घोषणा गरेको छ।

पार्टीले अध्यक्ष केपी शर्मा ओली को पक्राउलाई लिएर विरोध कार्यक्रमलाई निरन्तरता दिँदै आज मध्याह्न १२ बजे देशभर एकैसाथ प्रदर्शन गर्ने र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई दबाब दिने रणनीति बनाएको हो।

पार्टी सचिव महेश बस्नेत का अनुसार, आन्दोलनलाई व्यवस्थित रूपमा अगाडि बढाउँदै जनस्तरबाट दबाब सिर्जना गर्ने लक्ष्यसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

यसअघि गौरीबहादुर कार्की आयोग ले दोषी ठहर गरेको आधारमा प्रहरीले केपी शर्मा ओली लाई निवासबाटै पक्राउ गरेपछि एमाले आक्रोशित बनेको हो। पार्टी सचिवालय बैठकले तत्काल रिहाइको माग गर्दै आन्दोलन चर्काउने निर्णय गरिसकेको छ।

एमालेले केपी शर्मा ओली र रमेश लेखक को गिरफ्तारीलाई ‘गैरकानुनी र पूर्वाग्रही’ भन्दै कडा आपत्ति जनाएको छ। साथै, पार्टीले राजनीतिक र कानुनी दुवै मोर्चाबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ।  यो आन्दोलनले आगामी दिनमा सडक र सदन दुवै ठाउँमा राजनीतिक तनाव थप बढ्ने संकेत देखाएको छ।

पोडकास्ट सुन्नुहोस