२०८२ चैत्र १५ गते, आईतवार १५:१४

अध्यक्ष ओली र नेता लेखकको रिहाइको माग गर्दै देशभर एमालेले बुझायो विरोधपत्र

वीरगन्ज –

पक्राउ परेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै पर्सासहित देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई नेकपा एमालेले विरोधपत्र बुझाएको छ।

अध्यक्ष ओली र नेता लेखकको गिरफ्तारी असंवैधानिक र गैरकानुनी भएको भन्दै उनीहरूको अविलम्ब रिहाइको माग गर्दै एमाले नेताहरूले देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोधपत्र बुझाएका हुन्।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत नेपाल सरकारलाई पत्र बुझाउँदै नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्बरकुमार शर्माले अध्यक्ष ओली र नेता लेखकको गिरफ्तारी गैरकानुनी र असंवैधानिक भएकाले तत्काल दुवै नेतालाई रिहा गर्न माग गरेका छन्।

अध्यक्ष शर्माले बुझाएको पत्रमा तत्कालीन सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएको उल्लेख गर्दै भदौ २३ र २४ गते भएका घटनाको न्यायिक छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशको अध्यक्षतामा नयाँ छानबिन आयोग गठन गर्नुपर्ने माग गरिएको छ।

गत भदौ २३ र २४ गते देशभर भएका घटनाबारे कार्की आयोगले दिएको प्रतिवेदनप्रति नेकपा एमालेको असहमति रहेको जिकिर गर्दै अध्यक्ष शर्माले घटनाको निष्पक्ष र पूर्वाग्रहविहीन छानबिन आवश्यक रहेको बताए।

कार्की आयोगको प्रतिवेदनप्रति सर्वोच्च अदालत, देशका विद्वान तथा विभिन्न राजनीतिक दलका नेताहरूले समेत असहमति जनाए पनि सोही प्रतिवेदनलाई आधार मानी पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु गलत भएको एमालेको ठहर छ। त्यसैले पक्राउ गरिएका दुवै नेतालाई अविलम्ब रिहा गर्नुपर्ने माग गरिएको अध्यक्ष शर्माले जानकारी दिए।

अध्यक्ष शर्माले बुझाएको विरोधपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले उक्त पत्र तत्काल नेपाल सरकारसमक्ष पठाउने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली र नेता लेखकको पक्राउको विरोधमा नेकपा एमालेले आज वीरगन्जमा मोटरसाइकल र्‍यालीसमेत निकालेको छ।

पूर्वप्रधानमन्त्री देउवाको सम्पत्ति छानबिन सुरु: प्रमाण नष्ट हुने आशङ्कामा घर भत्काउन रोक

काठमाडौँ- सरकारले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि

पूर्वप्रधानमन्त्री देउवाको सम्पत्ति छानबिन सुरु: प्रमाण नष्ट हुने आशङ्कामा घर भत्काउन रोक

काठमाडौँ- सरकारले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि

पोडकास्ट सुन्नुहोस