२०८२ चैत्र १९ गते, बिहीबार १८:४८

वीरगन्ज महानगरको आमसञ्चार समितिले पायो पूर्णता: मेयर सिंहद्वारा ११ सदस्यलाई मनोनयन पत्र हस्तान्तरण

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ ले पूर्णता पाएको छ। वरिष्ठ पत्रकार शत्रुघ्न नेपालको संयोजगत्वमा यसअघि नै गठन भएको समितिमा बुधबार थप ११ जना सदस्यहरू मनोनयन भएसँगै समितिले पूर्ण स्वरूप पाएको हो।

बुधबार महानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच नगर प्रमुख राजेशमान सिंहले नवनियुक्त सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभयो। सो अवसरमा बोल्दै मेयर सिंहले समितिको पूर्णतासँगै महानगरको सूचना प्रणाली अझ सुदृढ, व्यवस्थित र जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सञ्चार क्षेत्र लोकतन्त्रको चौथो अंग भएकोले महानगरले सञ्चारकर्मीहरूसँगको समन्वय र सहकार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो।

को–को छन् समितिमा?

महानगरपालिकाले समितिको सदस्यहरूमा वीरगन्जका क्रियाशील सञ्चारकर्मीहरूलाई समेटेको छ। मनोनित हुने सदस्यहरूमा: १. क्रान्ति साह २. अमित साह ३. लक्ष्मी खरेल ४. जितेन्द्र साह ५. कन्हैया प्रसाद कलवार (गुप्ता) ६. विरेन्द्र कुमार साह ७. निर बहादुर पिठाकोटे ८. ग्यासु मियाँ देवान ९. अर्जुन प्रसाद गुप्ता १०. छेदी राम ११. मनोज कुमार पटेल रहेका छन्।

समितिको मुख्य जिम्मेवारी

समितिले महानगरपालिका र सञ्चारमाध्यमबीचको सम्बन्धलाई सेतुको रूपमा काम गर्दै सूचना प्रवाहलाई पारदर्शी र सहज बनाउनेछ। साथै, आमसञ्चार क्षेत्रसँग सम्बन्धित नीति निर्माण, नियमन र सुधारका विषयमा महानगरलाई आवश्यक सुझाव प्रदान गर्ने मुख्य दायित्व समितिलाई तोकिएको छ।

समितिको गठनसँगै महानगरका गतिविधिहरूलाई विश्वसनीय ढंगले आम नागरिकसम्म पुर्‍याउन र स्थानीय सरकारलाई थप जवाफदेही बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी

भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी

पोडकास्ट सुन्नुहोस