२०८२ चैत्र २१ गते, शनिबार १२:४१

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज-

विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना गर्न लागेको हनुमान जयन्ती शोभा यात्रालाई लक्षित गरी सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ। विगतका वर्षहरूमा छपकैया लगायतका क्षेत्रमा हुन सक्ने सम्भावित तनाव र झडपको इतिहासलाई मध्यनजर गर्दै यस वर्ष सुरक्षा व्यवस्थालाई अभूतपूर्व रूपमा कडा पारिएको छ।

केन्द्रबाट विशेष टोली परिचालन
प्रहरी स्रोतका अनुसार शोभा यात्राको संवेदनशीलतालाई हेर्दै गृह मन्त्रालयले पर्सामा विशेष टोली खटाएको छ। उक्त टोलीले सामाजिक सञ्जालदेखि ‘ग्राउन्ड’ सम्म सूक्ष्म निगरानी गरिरहेको छ। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विशेष टोलीसमेत तैनाथ गरिएको छ।

१ हजारभन्दा बढी प्रहरी र ड्रोनको प्रयोग
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (SP) सुदीपराज पाठकले सम्भावित घटनाहरू रोक्नका लागि १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो। उहाँले ‘गोप्य खबर’ सँग कुरा गर्दै भन्नुभयो, “हामीले सानाभन्दा साना गतिविधिलाई निगरानी गर्न ड्रोन लगायतका आधुनिक उपकरणहरू प्रयोग गरिरहेका छौँ। सादा पोसाकमा समेत ठूलो संख्यामा प्रहरी खटाइएको छ।”

प्रहरीको कडा चेतावनी: “दायाँ-बायाँ सोचिने छैन”
एसपी पाठकले धार्मिक सद्भाव बिथोल्ने वा अन्य समुदायमाथि दुर्व्यवहार गर्ने जोकोहीलाई निर्मम कानुनी कारबाही गरिने स्पष्ट पार्नुभएको छ। “समाजमा अराजकता फैलाउनेलाई हामीले दायाँ-बायाँ नसोची कडा कानुनी फन्दामा ल्याउनेछौँ,” उहाँले चेतावनी दिनुभयो। शोभा यात्रालाई सभ्य र भव्य बनाउन जिल्ला प्रशासन कार्यालयमा विभिन्न चरणमा छलफल भइसकेकाले सबैले आ-आफ्नो दायित्व पूरा गर्न उहाँले आग्रह गर्नुभयो।

नवनिर्वाचित सांसदहरूको सहभागिता
शनिबार दिउँसो २ बजे घण्टाघरबाट सुरु हुने शोभा यात्रामा पहिलो पटक नवनिर्वाचित सांसदहरू (क्षेत्र नं १ का हरि पन्त र क्षेत्र नं २ का सुशील साह कानु) को समेत सहभागिता रहने उनीहरूको सचिवालयले जनाएको छ।

जिल्लाको सुरक्षा संयन्त्रले सामाजिक सञ्जालमा भ्रामक पोस्ट गर्ने र साम्प्रदायिक विद्वेष फैलाउने तत्वहरूमाथि पनि कडा निगरानी राखेको जनाएको छ।

अर्थमन्त्रीलाई लियाकत अलीको प्रश्नपछि सांसद हरि पन्तको प्रस्टोक्ति: “राजनीतिक प्रतिशोध साध्दैनौँ, दोषी भए मेयरले सजाय पाउनेछन्”

वीरगन्ज- वीरगन्जको एकीकृत जाँच चौकी (ICP) निरीक्षण र उद्योगी व्यवसायीसँगको

अर्थमन्त्रीलाई लियाकत अलीको प्रश्नपछि सांसद हरि पन्तको प्रस्टोक्ति: “राजनीतिक प्रतिशोध साध्दैनौँ, दोषी भए मेयरले सजाय पाउनेछन्”

वीरगन्ज- वीरगन्जको एकीकृत जाँच चौकी (ICP) निरीक्षण र उद्योगी व्यवसायीसँगको

पोडकास्ट सुन्नुहोस