२०८३ आश्विन २० गते, मंगलवार ०५:०७

स्पेन र पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

काठमाडौं –

फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार सम्पन्न राउन्ड अफ ३२ का खेलमा स्पेन र पोर्चुगल विजयी हुँदै अन्तिम १६ मा प्रवेश गरेका छन्।

स्पेनले अष्ट्रियामाथि ३–० को सहज जित निकाल्दै अघिल्लो चरणमा स्थान सुरक्षित गर्‍यो। स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई गोल गर्दा पेड्रो पोरोले एक गोल थपे। खेलको ३६औं मिनेटमा ओयार्जाबलले पहिलो गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। त्यसपछि ६६औं मिनेटमा पेड्रो पोरोले दोस्रो गोल गरे। खेल सकिनै लाग्दा ८९औं मिनेटमा ओयार्जाबलले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनको सहज जित सुनिश्चित गरे।

यता, टोरन्टो स्टेडियममा भएको अर्को खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो।

खेलको ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। तर ६८औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयको ९४औं मिनेटमा राफेल लियाओको उत्कृष्ट क्रसमा गोन्कालो रामोसले हेडमार्फत निर्णायक गोल गर्दै पोर्चुगललाई रोमाञ्चक जित दिलाए।

यससँगै स्पेन र पोर्चुगल दुवैले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेका छन्।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस