२०८३ असार २१ गते, आईतवार १०:२१

मोरक्को र फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश

काठमाडौं ।

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ का खेलमा मोरक्को र फ्रान्स विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

ह्युस्टन रंगशालामा सम्पन्न खेलमा मोरक्कोले क्यानडामाथि ३–० को प्रभावशाली जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो। मोरक्कोका मिडफिल्डर अज्जेदिन औनाहीले खेलको ५०औँ र ८२औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए। इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले अर्को गोल थप्दै मोरक्कोको सहज जित सुनिश्चित गरे।

यता, आइतबार सम्पन्न अर्को अन्तिम १६ को खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। प्रतिस्पर्धात्मक खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले ७०औँ मिनेटमा पेनाल्टीमार्फत गरेको एकमात्र गोल नै निर्णायक बन्यो।

यससँगै मोरक्को र फ्रान्स दुवैले विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् भने क्यानडा र पाराग्वेको यात्रा अन्तिम १६ बाटै समाप्त भएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस