२०८३ असार २९ गते, सोमबार ११:१६

सुदूरपश्चिम प्रदेश बजेट विवाद् समाधान गर्ने जिम्मा केन्द्रलाई

धनगढी –

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा शत्तारुढ दल नेकपा एमालेलेलै अबरोध सिर्जना गरेपछि सरकारनै संकटमा परेको छ । 

असार १ आर्थिक मामिला मन्त्री विक्रमसिं धामीले प्रदेश सभामा पेश आर्थिक बर्ष २०८३÷०८४का लागि बजेट प्रस्तुत गरेका थिए । सो बजेट प्रति नेकपा एमालेले चरम असन्तुष्टि जनाउदै पुनर्लेखनको माग गर्दै आएको थियो । मुख्यमन्त्री कमल बहादुर शाहले एमालेलाई मनाउने हर सम्भव प्रया गरेपछि एमाले आफ्नो अडानबाट भने पछि हटेन । उल्टै शत्तारुढ दलकै ६ जना प्रदेश सभा सदस्यले मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रदेश सभामा दर्ता गराएका छन् ।

एमालेको सो निर्णयका कारण सरकारनै संकटमा परेको कांग्रेसको निष्कर्ष छ । आइतबार बसेको नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले भने सो समस्या समाधानका लागि केन्द्रलाई आह्वान गर्ने निर्णय गरेको छ । ‘एमालेले बजेट पुनर्लेखनको माग गरेको छ, त्यति मात्र नभई खर्च कटौतीको प्रस्ताव समेत एमालेका तर्फबाट प्रदेश सभामा पेश भएको छ,’ नेपाली कांग्रेसका प्रदेश सभा सदस्य तथा पूर्व समाजिक विकास मन्त्री मेघराज खड्काले भने, ‘आफ्नो निर्णयबाट पछि नहट्ने अडानका कारण प्रदेश तहबाट सहमतिको सम्भावना नदेखेपछि त्यसको जिम्मा केन्द्रलाई दिएका छौं, केन्द्रले गर्ने निर्णयनै अव आधिकारिक हुने छ ।’

आइतबार बसेको संसदीय दलको बैठकमा बजेट पवारित गर्ने विषयमा कांग्रेस भने एकरुप देखिएको खड्काको भनाई छ । ‘यस अघि बाहिर कांग्रेसभित्रै पनि असन्तुष्टि रहेको भन्ने खबर आइरहेका थिए,’ खड्काले भने, ‘तर आज (आइतबार) बसेको बैठकमा बजेट पारित गर्नुपर्छ भन्नेमा हाम्रा सवै सांसद सहमत भएका छन्, अव हामीमाझ कुनै विवाद् रहेन ।’ 

खड्काले प्रतिपक्ष दलबाट खर्च कटौतीको प्रस्ताव पेश हुनु स्वभाविक भएपनि शत्तारुढ दलबाट त्यसतो प्रस्ताव पेश भएको इतिहास नभएको समेत बताए । ‘अहिले सम्म कुनै पनि सदनमा शत्तारुढ दलबाटै खर्च कटौतीको प्रस्ताव पेश भएको देखेका थिइनौं, यस पटक सुदूरपश्चिममा नेकपा एमालेले त्यतो गरेको छ, यो सामान्य विषय हैन, यसमा केन्द्रबाट छलफल हुनु आवश्यक थियो ।’

उनले एमालेका मन्त्रीलाई कारवाही गर्ने विषयमा भने मुख्यमन्त्री कमलबहादुर शाहले बैठकमा जानकारी नगराएको बताए । बाहिर एमालेका मन्त्रीलाई बर्खास्त गर्ने जस्ता समाचार आएपनि मुख्यमन्त्रीले त्यस विषयमा संसदीय दलको बैठकमा जानकारी नगराएको सासद खड्काले बताए । 

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा देखिएको विाद् समाधानका लागि नेपाली कांग्रेस र नेकपा एमाले विच् केन्द्रिय स्तरमा छलफल जारी रहेको कांग्रेसका अर्का प्रदेश सभा सदस्य तथा पूर्व अर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर वमले बताए । ‘बजेटमा देखिएको विवाद् समाधानका लागि कांग्रेस र एमाले विच केन्द्रिय स्तरमै छलफल भइरहेको छ,’ वमले भने, ‘आज भोलीमा एउटा निर्णय आउछ होला भन्ने अपेक्षा गरिएको छ ।’ उनका अनुसार विवाद् समाधानका लागि कांग्रेस र एमालेका नेता सोमबार काठमाणडौं जाने सम्भावना उच्च रहेको छ । ‘दुवै दलका संसदीय दलका नेता, उप नेता, प्रमुख सचेतकलाई सोमबार केन्द्रिय नेताले काठमाडौं बोलाउने सम्भावना रहेको छ,’ वमले भने, ‘त्यहा कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।’

एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल, उपनेता सन्तोश शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, सचेतक जानकी ऐर बम, सामाजिक विकास समिति सभापति धर्मराज पाठक र सांसद दमन भण्डारीले विषयगत मन्त्रालयअनुसार खर्च कटौती प्रस्ताव हालेका छन् ।

नेकपा संसदीय दलका नेता खगराज भट्ट र सांसद मानबहादुर धामीले पनि खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् । एमालेले भने यथास्थितीमा बजेट पारित हुन नसक्ने भन्दै खर्च कटौतीको प्रस्तावबाट ब्याक नहुने दाबी गर्दै आएको छ । एमालेले बजेट पुनर्लेखनको माग गर्दै आएको छ । तर नेपाली कांग्रेसले भने बजेट पुनर्लेखन गर्नु सरकार असफल हुनुजस्तै भएको भन्दै त्यसमा सहमति जनाउन नसकिने जनाएको छ । ‘बजेट पुनर्लेखन गर्नु भनेकै सरकार असफल हुनु हो,’ कांग्रेस सांसद खड्काले भने, ‘त्यसलै यस विषयमा सहमति हुने कुनै भएन, तर केही तलमाथि गर्न सकिने कुरामा छलफल गर्न सकिन्छ ।’

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस