२०८३ आश्विन २७ गते, मंगलवार १३:४७

राष्ट्रपति पौडेलद्वारा भानुजयन्तीको शुभकामना, नेपाली भाषा र साहित्यको संरक्षणमा जोड

काठमाडौं –

राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषाप्रेमीमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले एक सन्देश जारी गर्दै भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पु¥याएको योगदानको स्मरण गरेका छन् । उनले भानुभक्तको योगदानले नेपाली भाषालाई जनताको भाषाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले तनहुँको चुँदीरम्घामा विसं १८७१ असार २९ गते पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा जन्मिएका भानुभक्त आचार्यलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा स्मरण गरेका छन् ।

उनले संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई सरल, शिष्ट र रोचक शैलीमा नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले नेपाली साहित्यको जग बसालेको बताएका छन् । भानुभक्तीय रामायणले हिमाल, पहाड र तराईमा रहेका नेपालीबीच भावनात्मक एकता कायम गर्न तथा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रपति पौडेलको भनाइ छ ।

राष्ट्रपति पौडेलले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको संवद्र्धनमा पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँले नेपालीभाषी समुदायबीच भाषिक एकता कायम गर्न महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

भानुभक्तको जन्मस्थललाई साहित्यिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलका रूपमा विकास गर्न सकेमा उहाँप्रति सच्चा सम्मान हुने राष्ट्रपति पौडेलले बताएका छन् ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस