२०८३ आश्विन २७ गते, मंगलवार १३:४६

बाढीले मकवानपुरमा खाली ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए

मकवानपुर –

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ७ः४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिक खोला तर्ने क्रममा बनाइएको कल्भर्टमा पानीको बहाव बढेपछि सिमेन्ट फ्याक्ट्रीबाट ढुङ्गा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको हो ।

ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ बस्ने ३४ वर्षीय दीपक थिङसमेत ट्रकसँगै बगेका थिए । उनले पौडिएर आफैँ बाहिर निस्कन सफल भए पनि खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक व्यवस्थापन गरेको थियो । घाइते थिङलाई उपचारका लागि हेटौँडा–चौघडास्थित राजु मेडिकलमा पठाइएको छ ।

प्रहरीका अनुसार घटनामा अन्य कुनै मानवीय क्षति भएको छैन । खोलामा रहेको ट्रक निकाल्न पहल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस