२०८३ असार २९ गते, सोमबार १५:४४

भाइरल बन्ने होडमा बढ्दो असहिष्णुता: शिक्षा अधिकृतमाथि मोबिल खन्याउने वडासदस्य पक्राउ

दाङ-

सामाजिक सञ्जालमा भाइरल बन्ने प्रतिस्पर्धा र असहिष्णु व्यवहारले सार्वजनिक जीवनलाई थप असुरक्षित बनाइरहेका बेला दाङमा एक वडासदस्यले शिक्षा अधिकृतमाथि मोबिल खन्याएको घटना सार्वजनिक भएको छ। घटनाको भिडियो आफैँले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उक्त कार्यले थप आलोचना र बहस निम्त्याएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि मोबिल खन्याएको आरोपमा वडा सदस्य उत्तम बुढाथोकीलाई पक्राउ गरेको जनाएको छ। उनीमाथि अपमानजनक तथा अमानवीय व्यवहार गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनका क्रममा उत्पन्न विवादपछि बुढाथोकीले शिक्षा अधिकृत बोहरामाथि मोबिल खन्याएका थिए। घटनापछि कानुनी प्रक्रिया सुरु गरिएको र आवश्यक प्रमाण संकलन भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि बुढाथोकीले उक्त दृश्य आफैँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। सार्वजनिक अपमानलाई समेत प्रचारको माध्यम बनाउने प्रवृत्तिले पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरुपयोग, असहिष्णुता र कानुनप्रतिको बेवास्ता बढ्दै गएको भन्दै यस घटनाले फेरि प्रश्न उठाएको छ।

सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिबाट नै विवाद समाधानको सट्टा अपमानजनक व्यवहार प्रदर्शन हुनु र त्यसलाई सामाजिक सञ्जालमा प्रचार सामग्रीका रूपमा प्रस्तुत गरिनुले समाजमा हिंसात्मक तथा उत्तेजनात्मक व्यवहारलाई सामान्यीकरण गर्ने जोखिम बढेको सरोकारवालाहरूले औँल्याएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यान्वयन पक्ष बलियो बनाउनुपर्छ : महावीर पुन

काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यान्वयन पक्ष बलियो बनाउनुपर्छ : महावीर पुन

काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि

पोडकास्ट सुन्नुहोस