२०८३ असार ३० गते, मंगलवार १५:२०

गृहमन्त्री र मिटरब्याज पीडितबीच निजगढमा वार्ता

बारा-

सरकार र मिटरब्याज पीडितबीच वार्ता भएको छ। गृहमन्त्री सुधन गुरुङ र मिटरब्याजविरुद्ध जनकपुरबाट काठमाडौंतर्फ पैदल मार्च गरिरहेका पीडितहरूबीच आज निजगढमा पहिलो चरणको वार्ता भएको हो।

मिटरब्याज पीडितसँग छलफल गर्न गृहमन्त्री गुरुङ निजगढ पुगेका थिए। निजगढ उद्योग वाणिज्य संघको सभाहलमा भएको वार्तामा पीडित पक्षले आफ्ना ६ बुँदे माग प्रस्तुत गरेको जनाएको छ।

वार्तापछि दुवै पक्ष दोस्रो चरणको छलफलका लागि आन्तरिक गृहकार्यमा जुटेका छन्। गृहमन्त्री गुरुङले पीडितका मागका विषयमा प्रधानमन्त्रीसँग परामर्श गरेर थप निर्णय लिने प्रतिबद्धता व्यक्त गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस