२०८३ भाद्र २४ गते, बुधबार १७:४९

भारतको नयाँ शिक्षामन्त्रीमा जोशी

काठमाडौं –

भारतमा धर्मेन्द्र प्रधानले शिक्षा मन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको जानकारी दिइएको छ।

प्रधानको राजीनामापछि प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई दिएका छन्।

जोशीले यसअघि नै उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय तथा नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।

धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै करिब एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी)ले आन्दोलन गर्दै आएको थियो। उक्त पार्टीको प्रदर्शनपछि प्रधानले शनिबार राजीनामा दिएका थिए।

प्रतिक्रिया

महाकाली पुलको नेपाली भूभागमा भारतीय ठेगानाको साइनबोर्ड, दार्चुलामा तीव्र विरोध पछि सच्याउने तयारी

दार्चुला– दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको

महाकाली पुलको नेपाली भूभागमा भारतीय ठेगानाको साइनबोर्ड, दार्चुलामा तीव्र विरोध पछि सच्याउने तयारी

दार्चुला– दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको

पोडकास्ट सुन्नुहोस