२०८३ भाद्र १० गते, बुधबार १२:४८

पूर्वसांसद हजराद्वारा विद्यालय भवनको शिलान्यास, डा. गोविन्द केसीको हठका कारण चिकित्सा शिक्षा क्षेत्रले प्रगति गर्न नसकेको आरोप

वीरगन्ज-

एक करोड ८६ लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुन लागेको १४ कोठे सुविधा सम्पन्न विद्यालय भवनको बुधबार एक कार्यक्रमबीच पूर्वप्रतिनिधिसभा सदस्य प्रदीप हजरा र नेशनल मेडिकल कलेजका संस्थापक डा. जैनुद्दिन अन्सारीले संयुक्त रूपमा शिलान्यास गरेका छन्।

नेपाल सरकारको एक करोड ८६ लाख ८ हजार १२१ रुपैयाँको लागतमा वीरगन्जस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय (श्रीपुर स्कुल) मा दुईतले विद्यालय भवन निर्माण हुन लागेको हो।

विद्यालयले आयोजना गरेको शिलान्यास कार्यक्रममा बोल्दै पूर्वसांसद हजराले विद्यालयमा बढ्दै गएको विद्यार्थीको चापलाई नयाँ निर्माण हुने सुविधा सम्पन्न भवनले सम्बोधन गर्ने विश्वास व्यक्त गरे। लामो इतिहास बोकेको श्रीपुर स्कुलमा अध्ययनरत विद्यार्थीका लागि कक्षाकोठाको अभाव रहेको जानकारी पाएपछि आफूले पहल गरी आर्थिक वर्ष २०८२/८३ को बजेटमा भवन निर्माणका लागि रकम विनियोजन गराउन भूमिका खेलेको उनले बताए।

हजराले शिक्षा, स्वास्थ्य र खेलकुदको विकासबाट मात्रै समुन्नत समाज निर्माण गर्न सकिने भएकाले सरकारले यी क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए।

नेपालमा मेडिकल कलेजको ठूलो आवश्यकता रहे पनि चिकित्सा शिक्षा अभियन्ताका रूपमा परिचित डा. गोविन्द केसीको हठका कारण यस क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको उनले आरोप लगाए।

नेपालमा ठूलो संख्यामा मेडिकल कलेज स्थापना गर्नुपर्ने धारणा राख्दै हजराले विदेशबाट चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थी आकर्षित गर्न सके नेपालले विदेशी मुद्रा आर्जन गर्न सक्ने बताए। मेडिकल शिक्षामा गुणात्मक सुधारसँगै देशको आर्थिक आम्दानी बढ्ने सम्भावना भए पनि डा. केसीको अडानका कारण नेपालले ठूलो अवसर गुमाइरहेको र नेपाली विद्यार्थीसमेत चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जान बाध्य भइरहेको उनले दाबी गरे।

हजराले वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको चाप अत्यधिक रहेकाले रोकिएको नयाँ भवन निर्माणको काम तत्काल अघि बढाउन सरकारसँग माग गरे। बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा बिरामी उपचारका लागि नारायणी अस्पताल आउने गरेको भन्दै उनले अस्पताललाई स्तरोन्नति गरी ५५० शैयाको सुपर स्पेसियलिटी अस्पतालका रूपमा विकास गर्न सरकारसँग आग्रह गरे।

त्यसैगरी, तराई क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको वीरगन्जको नारायणी रंगशालाको अवस्था जीर्ण बन्दै गएको भन्दै उनले यसको पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए।

कार्यक्रममा नेशनल मेडिकल कलेजका संस्थापक डा. जैनुद्दिन अन्सारीले विकासको पहिलो आधार शिक्षा भएकाले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार र समुदाय दुवैको ध्यान जानुपर्ने उनको भनाइ थियो।

श्रीपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार सिंह, वरिष्ठ पत्रकार जगदीश शर्मा, वीरगन्ज महानगरपालिका–११ का वडाध्यक्ष अजय चौरसियालगायतले विद्यालयको शैक्षिक पूर्वाधार तथा गुणस्तर सुधारमा जोड दिएका थिए।

कार्यक्रममा श्रीपुर माविका पूर्वविद्यार्थीसमेत रहेका डा. अन्सारीलाई विद्यालय व्यवस्थापन समितिले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै दोसल्ला ओढाई कदरपत्र प्रदान गरी सम्मान गरेको छ।

प्रतिक्रिया

रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा

पूर्वसांसद हजराद्वारा विद्यालय भवनको शिलान्यास, डा. गोविन्द केसीको हठका कारण चिकित्सा शिक्षा क्षेत्रले प्रगति गर्न नसकेको आरोप

वीरगन्ज- एक करोड ८६ लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुन

रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा

पूर्वसांसद हजराद्वारा विद्यालय भवनको शिलान्यास, डा. गोविन्द केसीको हठका कारण चिकित्सा शिक्षा क्षेत्रले प्रगति गर्न नसकेको आरोप

वीरगन्ज- एक करोड ८६ लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुन

पोडकास्ट सुन्नुहोस