२०८३ भाद्र १० गते, बुधबार १५:५७

झण्डाको विषयलाई लिएर वीरगन्जको छपकैयामा दुई पक्षबीच झडप: प्रहरीसहित आधा दर्जन घाइते

वीरगन्ज

वीरगन्जस्थित छपकैया वडा नम्बर १ र ३ को सीमानामा रहेको बहिपुल नजिकैको टावर लाइटमा धार्मिक झण्डा राख्ने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा प्रहरी अधिकारीसहित आधा दर्जन व्यक्ति घाइते भएका छन्।

​हनुमान जयन्तीका अवसरमा पहिले नै टावर लाइटमा राखिएको भगवा (हिन्दू) झण्डाको छेउमा मुस्लिम समुदायले आफ्नो धार्मिक झण्डा राख्ने क्रममा दुई पक्षबीच विवाद उत्पन्न भएको थियो। उक्त विवादले उग्र रूप लिँदा दुवै पक्षबाट ढुङ्गामुढा र हानाहान भएको स्थानीयले बताएका छन्।

​झडपका क्रममा हिन्दू पक्षका छपकैया निवासी लक्की सराफ, वृजमोहन साह कानु, रोहित सराफ र नाम नखुलेका एक जना युवक गरी ४ जना मध्यम घाइते भएका छन्। त्यस्तै मुस्लिम समुदायतर्फका २ जना घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीका १ जना सुरक्षाकर्मीसमेत सामान्य घाइते भएका छन्।

​जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र मल्लका अनुसार हिन्दू पक्षका घाइतेमध्ये १ जनालाई प्राथमिक उपचारपश्चात् घर फर्काइएको छ। “अन्य घाइतेहरूको अवस्थाबारे बुझ्ने प्रयास भइरहेको छ र अहिले उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारी स्थिति पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ,” प्रवक्ता मल्लले जानकारी दिए।

प्रशासनको लापरवाहीप्रति असन्तोष

​बिहान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा मोहमद जयन्तीको कार्यक्रम सुरु भए तापनि तीन दिन अघिदेखि नै झण्डाका विषयमा सामान्य विवाद भइरहेको थियो। स्थानीय प्रशासन र सम्बन्धित सरोकारवाला निकायले सुरुवाती विवादलाई गम्भीरताका साथ नलिँदा र बेलैमा समाधान नगर्दा यो दुखद घटना घट्न पुगेको नागरिक समाज र जानकारहरूको भनाइ छ।

​अहिले घटना स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सम्भावित थप झडप हुन नदिन अनुगमन तीव्र पारिएको छ।

प्रतिक्रिया

रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा

रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा

पोडकास्ट सुन्नुहोस